• २०८३ जेष्ठ २९ गते शुक्रवार

राष्ट्रियसभा बैठक सर्‍यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ९, काठमाडाैं ।  आउँदो शुक्रबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक सारिएको छ । १२ असोज शुक्रबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको राष्ट्रिय सभा बैठक एक सातापछि बस्नेगरी सारिएको छ ।

१२ असोजमा बोलाइएको बैठक १८ असोज बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी सारिएको संघीय संसदमा महासचिव डा भरतराज गौतमले जानकारी दिए । उनका अनुसार विशेष कारणवश तोकिएको दिन र समयमााम बस्न नसक्ने भएकाले बैठक सारिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस