असोज ६, मुगु। मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा शुक्रबार राति साढे १ बजे सुरु भएको आगलागीबाट ६ वटा घर जलेर नष्ट भएका छन् । कम्प्युटर पसलमा विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भीक अनुमान रहेको छ ।

६ वटा घर र एउटा घुम्तीमा आगलागी भएपनि मानवीय क्षति भने भएको छैन । क्षतिको विवरण संकलन गर्ने काम भइरहेको मुगुका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले बताए । अहिले आगलागी नियन्त्रणमा आएको छ ।