• २०८३ बैशाख ३१ गते बिहिवार

सिरहामा हुने भनिएको एमाले सचिवालय बैठक स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ८, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । भोलि, शनिबारदेखि सिरहाको धनगढीमाई नगरपालिका– १४ अम्बासमा बस्ने भनिएको बैठक स्थगित भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निरन्तर वर्षासँगै बाढीपहिरो आइरहेकाले बैठकस्थल पुग्न समस्या भएको उनको भनाई छ । अर्को बैठकको मिति चाँडै तय गर्ने उनको भनाइ छ । मदन भण्डारीलाई नेतृत्वमा स्थापित गरेर माओ विचारधारा विस्थापन गरेको ऐतिहासिक स्थलमा एमालेको सचिवालय बैठक बस्ने तयारी थियो ।

२०४६ साल भदौ ९ देखि १४ गतेसम्म चलेको महाधिवेशनबाट २० सदस्यीय केन्द्रीय कमिटी चयन भएको थियो ।

सिरहामा बस्ने भनिएको एमालेको सचिवालय बैठक स्थगित :: शिलापत्र संवाददाता ::  Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना

Sharing

प्रतिक्रिया दिनुहोस