• २०८३ बैशाख २० गते आइतवार

विगतको तुलनामा अपराधको घटना बढ्दै गयो : प्रहरी परिसर काठमाडौं

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १, काठमाडौं । प्रहरी परिसर, काठमाडौंले मासिक समीक्षा विवरण सार्वजनिक गर्दै गितको तुलनामा अपराधको घटना बढ्दै गएको बताएको छ । शुक्रबार प्रहरी परिसर, काठमाडौंमा आयोजित पत्रकार सम्मेलन तथा मासिक समीक्षा कार्यक्रम गरेर साउन महिनाको अपराधको बिवरण सार्वजनिक गर्दा अपराधको घटना बढेको बताएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा अभद्र व्यवहारका ४४३ घटना भएका छन भने बैंकिङ कसुरमा २१२ घटना दर्ता भएका छन् । आर्थिक वर्ष २०७९/८० को तुलनामा यी घटनाहरु निकै बढी हो । आर्थिक वर्ष २०७९/८० मा अभद्र व्यवहारका ३७९ मात्र घटना भएको थियो । कार्यक्रममा डीएसपी कुमोध ढुंगेलले अपराधहरु जति नियन्त्रण हुनपर्ने त्यति हुन नसकेको बताए ।

यो साधारण पुलिसबाट हुन सक्ने काम हैन् । नलेज भएको टिम चाहिन्छ । जति हुनु पर्ने त्यही रुपमा नियन्त्रण भएको छैन् । तर हामी सुचनाको आधारमा मात्र काम भईरहेको छ । साईवर व्युरोसंग समन्वय गरेर काम गर्छौ । पुलिसको काममा योजना भन्ने हुँदैन् ।’ ढुंगेलले साईवर व्यूरोको समन्वयमा काम गर्ने बताएछन् । यस्ता कार्यको लागि सूचनाको पहँचको अभाव र समन्वयनको अभाव रहेको उनको भनाइ थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस