साउन २८, काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने भएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको बैठकपछि पार्टी सचिव दीनानाथ शर्माले जानकारी दिए ।
‘हामीले एउटा मन्त्रालय छाड्ने र जनमत पार्टीकी अनितादेवी साहलाई मन्त्री बनाउने भन्ने सहमति पार्टी बैठकमा भएको छ । सोही अनुसार मोदीजीलाई मन्त्रीबाट फिर्ता बोलाउने समझदारी भएको हो।’ उनले भने । प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं फर्किएसँगै माओवादी नेताहरू बालुवाटारमा मन्त्री हेरफेरबारे छलफल गरेका थिए।
अनितालाई मन्त्री बनाउने जनमतको तयारी
माओवादी केन्द्रले, अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेसंगै जनमत पार्टीले अनिता देवी साहलाई सरकारमा पठाउने भएको छ । उनले भोली सोमबार मन्त्रीको शपथ लिने तयारी छ ।
