• २०८३ असार ७ गते आइतवार

गाउँका मान्छेलाई गाउँमा रोक्ने तर्फ सरकारको ध्यान जान जरुरी छ : सभापति रावल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २८, काठमाडौं । राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिल कुमारी रावलले, गाउँको जनसंख्या गाउँमै रोक्ने योजना आवश्यक रहेको बताएकी छिन्। आज बसेको समितिको बैठकमा, उनले गाउँमा अरबौं खर्च गरेर विकासका कार्यक्रम लैजाने तर मानिसहरु भने नबस्ने अवस्था आयो भने विकासको अर्थ नहुने तर्फ सरकार सचेत हुनु पर्ने बताइन् ।

‘जनसङख्यालाई किन गाउँमा रोक्न सकेको छैन् । यसको अध्ययन हुन जरुरी छ । नत्र हामी अरबौं खर्च गरेर विकास कार्यक्रमहरु त्यहाँ लग्ने र नागरिक चाँहि एकातिर अहिले शहर केन्द्रीत हुँदा त्यहाँ आधारभूत सुविधा पनि नपाउँने अवस्था आयो भन्ने छ ।’ उनले भनिन् ‘आवश्यकता भन्दा धेरै जनसङ्ख्या भएपछि धान्ने अवस्था हुँदैन असुन्तलित हुन्छ त्यसैले यो विषयलाई छलफलमा लान चाहन्छौं । स्वास्थ्य तथा जनसङख्या मन्त्रालय कार्यक्षेत्रको हिसाबले र सिङ्गो प्रधानमन्त्री कार्यलयले पनि यसलाई महत्व दिनुपर्छ । राष्ट्रीय योजना आयोगले पनि प्राथमिकता दिनुपर्छ ।’

उनले एकीकृत तथ्याङ्क संकलनमा जोड दिनु आवश्यक रहेको भन्दै त्यसतर्फ संसदीय समितिले समेत ध्यान दिनुपर्ने उनको भनाई छ ।

Sharing

प्रतिक्रिया दिनुहोस