• २०८३ जेष्ठ ५ गते मङ्गलवार

सिँचाई विभागमा तालावन्दी गर्न पुगेका ४५ जना बढी निर्माण व्यवसायी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २८, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल सहित ४५ जना बढी निर्माण व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।

समयमा भुक्तानी नपाएको र भुक्तानीको म्याद थप गर्नुपर्ने लगायतका विभिन्न नौ बुँदे माग राखेर आन्दोलन गर्दै आएका निर्माण व्यवसायीहरु आज कार्यालय समयमा ललितपुर स्थित सिँचाई विभागको कार्यालयमा ताला लगाउन पुगेका थिए । नारावाजीसहित विभागको कार्यालयमा ताला लगाउन सफल उनीहरुलाई प्रहरीले पक्राउ गरेर ताला खोलाएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए ।
‘हामीले नौं बुँदे माग राखेर कार्यालयमा ताला लगाएका थियौं । प्रहरीले बल प्रयोग गरेर ताला खोलेसँगै हाम्रो महासचिव सहित ४५ जना भन्दा बढी व्यवसायी साथीहरुलाई पक्राउ गरेको छ,’ सिंहले भने ।आइतबार ४५ जना बढी निर्माण व्यवसायीलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस