• २०८३ बैशाख १६ गते बुधवार

सुनिल शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २६, काठमाडौं । नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका सांसद सुनिल शर्मालाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतमा थुनाका लागि म्याद लिन पुगेको सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश सुनाएको हो।

जिल्ला न्यायधिश दन्डपाणी शर्माले थुना बाहिर राखेर अनुसन्धान गर्न भनेका हुन् । शर्मालाई नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले बिहीबार पक्राउ गरेको थियो । नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका शर्मा बाहेक अन्य पाँच जना चिकित्सकलाई ५ दिनको समय दिइएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस