• २०८३ जेष्ठ १ गते शुक्रवार

तारकेश्वरमा पहिरोले घर पुरिँदा बाबुछोरीको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २१, काठमाडौं । काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। शनिबार बेलुका ९ बजे तारकेश्वर नगरपालिका ३ चोगाउँस्थित चन्द्र तामाङको घर पुरिँदा भाडामा बस्ने दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नुवाकोटको सामरी घर भई भाडामा बस्दै आएका ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीय आश्मा तामाङ छन्। गणेशकी श्रीमती सञ्जु तामाङ भने घरबाहिर रहेका कारण सामान्य घाइते भएकी छन।

मृतक बाबुछोरीको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस