• २०८३ बैशाख १९ गते शनिवार

माओवादी केन्द्रको बैठक आज पनि जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १८, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ । मंसिर हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता र सरकारले गरेका कामका बारेमा मुख्य गरी बैठकमा छलफल हुने छन् ।

बैठकको पहिलो दिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक र सांगठनिक प्रतिवेदन पेस गरेका थिए भने १७ जना केन्द्रीय समिति सदस्यले आफ्नो धारणा राखेका थिए । बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी रहेको माओवादी केन्द्रिय कार्यालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस