• २०८३ बैशाख १८ गते शुक्रवार

अहिलेको गठबन्धनले आलोपालोको नाममा अनेक प्रधानमन्त्री जन्माउने योजना बनाउँदैछ : महासचिव पोख्रेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १५, काठमाडौं । नेकपा एमालेका महासचिव शंखर पोख्रेलले अहिलेको सत्ता गठबन्धनले आलोपालोको नाममा अनेक प्रधानमन्त्री जन्माउने योजना बनाईरहेको दावी गरेका छन् । सोमवार काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी संगठनको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा महासचिव पोख्रेलले अहिलेको सत्ता गठबन्धनले आलोपालोको नाममा अनेक प्रधानमन्त्री जन्माउने योजना बनाईराखेको बताए ।

उनले एउटा प्रधानमन्त्रीले औसत सवा वर्ष पनि नेतृत्व गर्न पाउँदैन् भने त्यसले देशको नृतृत्व र विकास कसरी गर्छ भनेर प्रश्न उठाए । उनले भने,‘ यति बेला हाम्रो राज्य चुनौतीहरुको बीचबाट गुज्रिरहेको छ । एकतातिर राजनीतिक अस्थिरता र अराजकताको चुनौतीले सीमा नाघेको छ । अहिलेको सत्ता गठबन्धनले आलोपालोको नाममा अनेक प्रधानमन्त्री जन्माउने योजना बनाईराखेको छ । एउटा प्रधानमन्त्री औसतको सवा वर्ष पनि नेतृत्व गर्न पाउँदैन् भने त्यसले देशको नेतृत्व र विकास कसरी गर्न सक्छ ।’

उनले नेपाली कांग्रेसको नेतृत्वको बेला सँगै लडेका योद्धाहरुलाई दमन गर्ने काम भएको भन्दै मुक्तिसेनाको भावना र दमन गर्नेको विरुद्धमा आवाज उठाउँन खोज्दा नेकपा एमाले प्रतिवन्धित हुने स्थिति उत्पन्न भएको स्मरण गरे ।

Sharing

प्रतिक्रिया दिनुहोस