• २०८३ जेष्ठ ८ गते शुक्रवार

साईवर सुरक्षा नीति मन्त्री परिषदमा पेश गरेका छौं : मन्त्री शर्मा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १५, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले साईवर सुरक्षा नीति मन्त्री परिषदमा पेश गरेको बताएकी छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री शर्माले सूचना तथा प्रविधिलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएकी छन् ।

उनले भनिन ‘ सूचना तथा प्रविधिसंग सम्बन्धित ऐन कानूनहरु अत्यन्तै पुराना छन् । हामीसंँग दूरसञ्चारसंग सम्बन्धित ऐन,साईवर सुरक्षाासंग सम्बन्धित ऐनहरु छन् , ऐन भएता पनि धेरै नै पुराना छन् । र, अहिलेको परिवेशमा त्यसलाई परिमार्जन गर्नै पर्ने आवशयकता भएकोले साईवर सुरक्षा नीति मन्त्री परिषदमा पेश गरेका छौं । त्यो छलफलको क्रममा छ । ’
मन्त्री शर्माले सूचना प्रविधिमा स्नातक गरेका विद्यार्थीलाई सेवा प्रवेशको लागि निश्चित अवधि तोकेर तालिम प्रशिक्षणको व्यवस्था गर्ने तयारी गरिरहेको बताएकी छन् । आई टि सेक्टरमा र सरकारी सेवामा दक्ष जनशक्ति आकर्षण गर्न आवश्यक भएको उनको भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस