साउन ८, काठमाडौं । एनआरएन कोरियाको युवा संयोजकमा तारकेश्वरका नबिन्द्रराज नापितले उम्मेदवारी घोषणा गरेका छन्। उनले सन २०२३ देखि २०२५ का लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। 
युवा संयोजक पदमा रहँदा कोरियामा रहेका नेपालीको हरेक समस्याको समाधान गर्न संस्थागत निर्णय गर्ने बताए । नेपाल र कोरियाको सुमधुर सम्बन्ध बिस्तार गर्न मन, वचन र कर्मले लागि पर्ने बताए ।
नापित काठमाडौ तारकेश्वर नगरपालिका ६ का हुन्। कोरियालाई कार्यस्थल बनाउँदै छ वर्षदेखि काम गरिरहेका छन् । उनी सन् २०१८ देखि कोरियामा छन् ।
उनीसँग फेन्थेक माइग्रेसनमा उपाध्यक्ष र सांस्कृतिक संयोजकको रुपमा काम गरेको अनुभव छ।
उनका एजेन्डाहरू यस प्रकार छन् :
१)युवा समुदायमा बढ्दै गएको मानसिक समस्या, तनाव एंव बढ्दो आत्महत्या न्युनिकरणको लागि प्रेरणामुलक कार्यक्रम गर्ने
२)दक्षिण कोरियामा रहनुभएका प्रवासी जीवन बिताइरहनु भएका दक्ष प्रवासीहरुबाट 200 जनालाई तालिमको व्यवस्था गराइने जस्तै फोटोग्राफी,भिडीयोग्राफी,म्युजिक प्रडक्सन, कफिमेकिङ, ग्राफिक डिजाइन आदी
३ )दक्षिण कोरियामा रहनुभएका खेलकुद प्रेमी खेलाडी हरुलाई लक्षित गरि एनआरएनए कप आयोजना गर्ने जसमध्य फुटबल कप,भलिबल कप क्रिकेड कप,ब्याडमिन्टन कप,स्नोकर पुल टुनामेन्ट र फिटनेस कम्पिटिशन जस्ता खेलहरु समावेश गर्ने
४)नेपाली संस्कृति, परम्परा र सम्पदाको संरक्षण र प्रवद्र्धनलाई प्रवासी माझ प्रोत्साहन गर्ने
५)कला, संगीत, नृत्य र व्यञ्जनलाई मनाउन र प्रदर्शन गर्न सांस्कृतिक उत्सव, प्रदर्शनी र कार्यशालाहरू आयोजना गर्ने।
६)दक्षिण कोरियामा श्रम गरिरहनु भएका प्रवासीहरु सँग मिलेर नेपालमा सीप, विशेषज्ञता र ज्ञान हस्तान्तरण गर्न सहज हुने पहलहरू स्थापना गर्ने
७) प्रत्येक क्षेत्रीय समितिमा विद्यार्थी परिषद् विस्तार गर्ने, अन्तर्वार्ता, जागिर खोज्ने र CV लेखनको साथ विद्यार्थीहरूलाइ इन्टर्नशिप र मेन्टरिङ कार्यक्रम गर्ने
८) प्रत्येक क्षेत्रीय समितिमा युवा टक-शो, खेलकुद र मनोरन्जन गतिविधिहरू गरिनेछ, दोस्रो पुस्ताको सीप र ज्ञान साझेदारी कार्यक्रम गर्दै बहुसांस्कृतिक युवा महोत्सव (मेगा प्रोजेक्ट) गरिने
९) युवा समुदाय प्रति घट्दै गैईरहेको युवा हरुमा एनआरएनए प्रति आकर्षित पार्ने कार्यक्रम गर्ने
१०) युवा वर्गको समस्यालाई बुझेर चेतनामुलक कार्यक्रम गर्ने
११) एनआरएनए दक्षिण कोरिया को आर्थिक कारोबार लाई पार्दशितता पार्न सहयोग गर्ने
१२)स्वादेश मा समेत युवा वर्ग हरुलाई फाईदा मुलक कार्यक्रम हरु गर्ने