• २०८३ असार ३ गते बुधवार

सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २७, काठमाडौ‌ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ ।मन्त्रिपरिषद्को आकस्मिक बैठकले दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।

सीताको त्याग र योगदानप्रति आत्मसात् गर्दै नेपाली सेनाको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय भएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उपचारका क्रममा बुधबार बिहा ८:३३ बजे नर्भिक अस्पतालमा सीताको ६९ वर्षको उमेरमा निधन भएको हो । उनको बुधबार दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।

Sharing

प्रतिक्रिया दिनुहोस