असार २१, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको जिल्ला सभापति बैठक सुरू भएको छ । बिहीबार पार्टी कार्यालय सानेपामा जारी बैठकमा तीन एजेण्डामा छलफल हुने महामन्त्री गगन थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा क्रियाशील सदस्यता र कांग्रेस सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरणको विषय, विधानबमोजिम गर्नुपर्ने पार्टीका विभिन्न तहका सम्मेलनका विषय र पार्टी सञ्चालन तथा व्यवस्थापन लगायतका अन्य विविध सांगठनिक विषयमा छलफल हुने बताइएको छ ।