• २०८३ बैशाख २६ गते शनिवार

बागमती प्रदेशसभाको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १८, हेटाैडा । बागमती प्रदेशसभाको बैठक बस्दैछ । प्रदेश सभा भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।

गत असार १ गते प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आथिर्क वर्ष २०८०/०८१ को बजेट माथिको छलफल अझै सुचारू हुन सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपासँग सहमति कायम गरेर आजको बैठक सुचारू गराउने प्रयत्न रहने बाग्मती सरकारले जनाएको छ।

सो बजेटमाथि छलफलका लागि असार १३ गते आह्वान गरिएको बैठकमा विपक्षी दलहरूको निरन्तर अवरोध गरे पछि ३ दिनका लागि स्थगित गरिएको थियो । उनीहरूकाे आराेप छ कि बजेट बिभेदकारी छ ।

हिजाे पनि २ बजे बाेलाइएकाे बैठक ढिलाे गरी ४ बजे सुरू भएकाे थियाे । तर, साे बैठकमा पनि प्रतिपक्षले बिभिन्न माग राखेर नाराबाजी गरे पछि बैठक साेमवार बिहान ११ बजे बाेलाइएकाे हाे ।

हिजै एमालेले पत्रकार सम्मेलन गरी ११ बुदेँ माग सार्बजनिक गर्दै साे बिषय बजेटमा समावेश गर्नु पर्ने बिषय उठान गरेकाे छ ।आजको बैठकमा सहमति कायम गरेर छलफल सुचारू गराउने योजनामा भने सरकार रहे पनि बैठक सुचारू हुनेमा अझै शंका कायमै छ ।

Sharing

प्रतिक्रिया दिनुहोस