• २०८३ बैशाख ३१ गते बिहिवार

समाजवादी मोर्चालाई सत्ता टिकाउने स्वार्थका लागि मात्र प्रयोग नगरियोस् : झलनाथ खनाल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ४, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी मोर्चा सत्तालाई टिकाउने स्वार्थको लागि मात्र प्रयोग नगर्न आग्रह गरेका छन् । सोमबार समाजवादी मोर्चाको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले मोर्चा सत्तालाई टिकाउने मात्र नभई साँचो अवस्थामा आमुल परिवर्तन र बामपन्थी सबै एकैठाउँ हुने मोर्चा बन्नु पर्ने बताए ।

उनले भने,‘ । म चार वटै पार्टीका नेतालाई आग्रह गर्न चाहन्छु । यो मोर्चा खालि सत्तालाई टिकाउने मात्र मोर्चा मात्र नबनोस् । यो मोर्चा साँचो अवस्थामा आमुल परिवर्तन बनोस् बामपन्थी एकैठाउँ हुने मोर्चा बनोस् ।’

सम्मानित नेता खनालले अहिले बनाएको समाजवादी मोर्चा पहिलो कदम मात्र भएको भन्दै सिङगो देशभक्त र बामपन्थीहरुलाई एकतावद्ध नगरेसम्म देशमा शहीदको विकल्प निर्माण हुन नसक्ने बताए । उनले भने,‘ त्यसैले जबसम्म देशका क्रान्तिकारीहरु ,समाजवादीहरु आमुल परिवर्तनकारीहरु एकतावद्ध भएर उभिदैनौं तबसम्म देशको विकास हुँदैन् । त्यसैले अहिले समाजवादी मोर्चा बनाएका छौं । यो त पहिलो पाईला मात्र हो । सिङगो देशभक्त र बामपन्थीहरु समष्त क्रान्तिकारीहरुलाई हामीले एकतावद्ध नगरेसम्म देशमा शहीदको विकल्प निर्माण हुन सक्दैन् ।

देशका क्रान्तिकारीहरु ,समाजवादीहरु र आमुल परिवर्तनकारीहरु एकतावद्ध भएर नउभिएसम्म देशको विकास नहुने उनको भनाइ छ । उनले देश अब कृषि प्रधान होईन रेमिटेन्स प्रधान बनेको पनि खनालको दावी छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस