• २०८३ बैशाख २५ गते शुक्रवार

उपप्राध्यापक चलाउनेलाई काठमाडौं जिल्ला अदालतबाट प्रहरीले नियन्त्रणमा लियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ४, काठमाडौं । त्रिभूवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई काठमाडौं जिल्ला अदालतबाट प्रहरीले नियन्त्रणमा लिएको छ। आफूमाथि कुटपिट गर्नेहरु विरुद्धको मुद्दा सरकारले फिर्ता गर्ने निर्णय गरेपछि त्यसको विरोध स्वरूप उनी सोमबार जिल्ला अदालत काठमाडौ पुगेका थिए।

उनीसहित केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। जेठ ३० गते मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उपप्राध्यापक चलाउनेमाथि कुटपिट गरी ज्यानमार्ने उद्योगको मुद्दा फिर्ता गर्ने निर्णय गरेको थियो।

२०७७ साल असोज २० गते नेविसंघका त्रिवि समिति अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल लगायत सात जनाले उपप्राध्यापक चलाउने माथि कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका उपप्राध्यापक चलाउनेको ज्यान मार्ने उद्योग कसुरको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ।

Sharing

प्रतिक्रिया दिनुहोस