• २०८३ जेष्ठ २८ गते बिहिवार

‘आदिपुरुष’को निर्माण कम्पनीले माग्यो माफी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ४, काठमाडौं । ‘आदिपुरुष’को निर्माण कम्पनी सुपर क्यासेट्सले इमेल मार्फत फिल्ममा समावेश संवादले परेको प्रभावप्रति माफी मागेको छ । निमार्ण कम्पनी सुपर क्यासेट्सले आइतबार बेलुका काठमाडौं महानगरका मेयर बालेन शाह र चलचित्र विकास बोर्डलाई इमेल पठाउँदै माफी मागेका हुन् ।

कम्पनीले पठाएको पत्रमा उक्त संवादभारतका समग्र महिलाको स्वाभिमानलाई दर्शाउने क्रममाबोलिएको भन्दैकलात्मक शैलीबाट मात्र बुझ्न पर्ने उल्लेख गरिएको छ ।पत्रमा भनिएको छ, ‘हामी नेपाली नागरिकको संवेदनामा परेको असरप्रति माफी माग्छौं, राघव पात्रको रुपमा अभिनेता प्रभासले भनेको डायगले सीता माताको जन्मथलोलाई इंगित नगरेर भारतका समग्र महिलाको स्वाभिमानलाई दर्शाउने क्रममा भन्न खोजिएको हो ।’

Sharing

प्रतिक्रिया दिनुहोस