• २०८३ जेष्ठ २२ गते शुक्रवार

पूर्वी नेपालमाभएको क्षतिको बारे सदनलाई जानकारी गराउन सांसद भट्टराईको माग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३, काठमाडौं ।  नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपालको पूर्वी भागमा भएको क्षतिको अवस्थाबारे सम्पूर्ण जानकारी गृहमन्त्रीले सदनमा गराउनु पर्ने माग गरेका छन् ।

आईतवार प्रतिनिधि सभा बैठकमा सांसद भट्टराईले विपत्तको विषयमा गृहमन्त्री र पुल र सडकको विषयमा भौतिक पूर्वाधार मन्त्रीले सदनमा जानकारी गराउनु पर्ने बताएका छन् । उनले भने,नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, विशेषगरि यो स्थितिको सम्पूर्ण जानकारी गृहमन्त्रीलाई सम्पूर्ण विपत्तको अवस्था जानकारी यो सदनमा गर्नुपर्छ भनेर माग गर्न चाहन्छु ।

त्यसैगरि पुल, सडकहरुको अवस्था के छ भौतिक पूर्वाधार मन्त्रीले यसबारे जानकारी गराउनमाग गर्न चाहन्छु । र तत्कालै झोलुङ्गे पुलहरुको व्यवस्था गरेर आवागमनलाई सहज बनाउन पनि माग गर्न चाहन्छु । पीडितहरुलाई आवास र खाद्यान्नको संकट छ ,त्यसको व्यवस्था गर्न पनि ध्यानाकषर्ण गर्न चाहन्छु ।’

यसको साथै उनले ताप्लेजुङ्, संखुवासभा, तेह्रथुम, पाँचथर जस्तो जिल्लाहरुमा छिटोभन्दा छिटो राहात र उद्धारका काम गर्न र त्यहाँका स्थानीयहरुलाई सुरक्षाको व्यवस्था गर्न पनिमाग गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस