• २०८३ जेष्ठ २१ गते बिहिवार

नागरिकताविहीनलाई तत्काल नागरिकता दिन सरकारसंग सांसद चौरसियाको माग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १, काठमाडौं ।  सांसद अजय कुमार चौरसियाले नागरिकता विहीनहरुले नागरिकता पाउदाँ नेपाल फिजीकरण हुन्छ भनेर गलत प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।  शुक्रवार प्रतिनिधि सभाको सुन्य समयमा बोल्दै सांसद चौरसियाले नेपाली नागरिकले नागरिकता पाउनुपर्ने विषयलाई गम्भिर रुपमा नलिए यसले थप समस्या निम्त्याउने चेतावनी दिए ।

उनले भने ‘आज नेपालको संविधान अनुसार नेपाली नागरिक जन्मसिद्ध नागरिकका छोरा छोरीहरु नागरिकताविहीन छन् । नागरिकता पाएका छैनन् । ती हल्ला पिटाइएको छ कि उनीहरुलाई नागरिकता दिइयो भने नेपाल फिजिकरण हुन्छ । ’ उनले नागरिकता नपाएकै कारण नेपाली युवाहरुले आधारभूत अधिकार समेत प्राप्त नगरेको भन्दै आपत्ति जनाए ।
नागरिकलाई आत्मदाह गर्न बाध्य नबनाउन उनले सरकारले आग्रह गरे ।

Sharing

प्रतिक्रिया दिनुहोस