असार १, काठमाडौं । संघीय संसद अन्र्तगत आज पनि प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक बिहान ११ बजेदेखि संघीय संसद भवन नयाँबानेश्वरमा बस्न लागेको हो ।

बैठकमा बजेटमाथि बिहिबारबाट सुरू भएको मन्त्रालयगत छलफलको क्रमजारी रहने संसद सचिवालयले जनाएको छ ।सचिवालयको कार्यसूची अनुसार आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति, भूमिव्यवस्था,सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय माथिआर्थिक वर्ष ०८०/ ०८१ को लागि विनियोजित बजेटमा केन्द्रित रहेर छलफल हुनेछ ।
आजको छलफलमा उल्लेखित तीन मन्त्रालयमा थिखर्च कटौतीको माग सहित सांसदहरुले प्रस्तावसमेत पेश गर्नेबताईएको छ ।