• २०८३ बैशाख २१ गते सोमवार

स्वर्गद्वारीबाट फर्केको कार दुर्घटनामा तीन बालबालिकासहित ८ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २९,प्युठान । प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको निजी गाडी दुर्घटनामा परेको छ ।

प्यूठानको भिंग्री नजिकै लु १ च ६३४५ नम्वरको कार आज दिउसो भीरबाट खस्दा ८ जनाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी उमेशराज जोशीले जानकारी दिए ।

उनका अनुसार शव अस्पताल लग्ने तयारी भइ रहेको छ । लमही ५ का चालक तारा कुमाल बाहेक अन्य मृतकको पहिचान खुलेको छैन् । घटनाको थप विवरण आउन बाँकी छ ।

Sharing

प्रतिक्रिया दिनुहोस