• २०८३ बैशाख १५ गते मङ्गलवार

बजेटमाथि एमाले अध्यक्ष ओलीको टिप्पणी पूर्वाग्रह र प्रतिशोधपूर्ण : सांसद शर्मा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २६, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले बजेटमाथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी पूर्वाग्रही र प्रतिशोधपूर्ण भएको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०८० / ८१ को राजस्व र वार्षिक व्यायको वार्षिक अनुमान माथिको छलछफलमा सहभागी हुँदै सांसद शर्माले बजेटलाई राजनीतिक चश्माबाट हेरे ठीक निष्कर्ष ननिस्कने बताए ।

उनले भने ‘ चालु आर्थिक वर्षको बजेटको समीक्षा गर्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शून्य मार्क दिनु भयो । उहाँको उक्त मूल्यांकन र सत्ताबाट विमुख हुनुपर्दाको पूर्वाग्रह र प्रतिशोधपूर्ण भएको मैले बुझेको छु । यहाँ म कुनै दोहोरी खेल्न चाहन्न । ’सांसद शर्माले बजेटमाथि आग्रह र पूर्वाग्रह मुक्त भएर टिप्पणी गर्न आवश्यक भएको बताउँदै विगत १० बर्षदेखिको बजेटमाथि नै छलफल गर्न प्रस्ताव गरे ।

उनले भने ‘ बजेट जनताको हितमा हुनुपर्छ । ताकी जनताको जीवनमा परिवर्तन आओस देशको भविष्य र जनताको जीवनसँग सरोकार राख्ने बजेटलाई राजनीतिक चस्माबाट समीक्षा गरियो भने त्यस्ले ठीक निष्कर्ष निक्लिदैन । आग्रह र पूर्वाग्रहमुक्त भएर समीक्षा गरौं । विगत १० वर्षदेखिको बजेटमा छलफल गरौं भन्ने प्रस्ताव राख्न चाहन्छु । ’

Sharing

प्रतिक्रिया दिनुहोस