• २०८३ कार्तिक २१ गते शुक्रवार

लूको प्रभावबारे आवश्यकतयारी गर्न सांसद झाको सरकारलाई आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २६, काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टीका सांसद मनिषझाले, तराईमा आइरहेको तातो हावाका कारण हुन सक्ने सम्भावित स्वास्थ्य जोखिम न्यूनिकरणका लागि आवश्यक तयारीका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमाझाले लूको कारण युरोपमाहजारौ मान्छेको मृत्यु भईसकेको उल्लेख गर्दै नेपालमा यसको जोखिम कम गर्न आवश्यक तयारीका लागि सरकारलाई आग्रह गरे । ‘हाम्रो तराईमा जुनतातो हावाआइरहेको छ,त्यसको कारण सम्भावित स्वास्थ्य जोखिमको बारेमा सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’ उनले भने, ‘ वर्षेनी लगभग १२ करोड ५० लाख विश्व जगतमा नै यसले प्रभावित भएको र नेपालमा पनि यसको सम्भावना धेरै नै देखिन्छ । यसको कारण युरोपमा विगतमा हजारौ मान्छेको मृत्यु भईसकेको छ । यसले मानसिक स्वास्थ्यमा एकदमै नराम्रो प्रभाव पार्न सक्छ । ’

Sharing

प्रतिक्रिया दिनुहोस