जेठ २५, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलले त्यसको कारण खोल्नु पर्ने बताएका छन् ।बिहिवार प्रतिनिधि सभाको बैठकमा उनले राष्ट्रपति भन्ने व्यक्ति नभई संस्था भएको भन्दै कुन आधारमा एउटा राष्ट्रपतिले रोकेको विधेयक अर्कोले रोकेको हो जवाफ दिनुपर्ने बताए ।

उनले भने, ‘राष्ट्रपति भन्ने व्यक्ति होईन्, संस्था हो । एउटा राष्ट्रपतिले प्रमाणिकरण नगरेको विधेयक अर्को राष्ट्रपतिले प्रमाणिकरण गर्दा के आधारमा गरियो, भन्ने कुरा जवाफ चाहिन्छ संसदलाई, त्यो संसदको बुझ्न पाउने अधिकारको कुरा हो । यसको बारेमा संसद र आम जनताले जान्न पाउनुपर्छ भन्ने कुरा हामी निरन्तर लागिरहेका छौ, यो भोटको कुरा होईन् ।’
त्यस्तै उनले सरकारले एकलौटी ढंगले बनाएको बजेटले निराशा मात्रै बढाएको उनको टिप्पणी समेत गरे ।मन्त्रीले बजेट छलफलमा आएको सुझाव महत्वपूर्ण हुन्छ भनेर सोचेको भए त्यसको फाइदा सबैलाई हुने उल्लेख गर्दै एक्लौटि ढङ्गले निमार्ण भएको बजेटले निराशा मात्र थपेको उनको तर्क छ ।
उनले भने, ‘बजेटको छलफलमा हामीले सुझावहरु दिएका थियौ, दलहरुका सुझाव महत्वपूर्ण हुन्छ भनेर सोच्नु भएको भए बजेट अलि फरक ढङ्गले आउन सक्थ्यो कि भन्ने लागेको छ । त्यसको फाइदा सबैलाई हुने थियो तर जसरी एक्लौटि ढङ्गले निमार्ण भएको छ । यो विग्रिदै गएको आर्थिक अवस्थाका बीच जुन निराश जनतालाई, व्यवसायहरुलाई कुनै आशा दिन सक्दैन् । आशा जगाउने कुनै काम गर्न सक्दैन् ।’ उनले बजेट निर्वाचन क्षेत्रलाई हेरेर होईन् देशको भविष्य हेरेर निमार्ण गर्नुपर्ने भन्दै अहिलेको बजेट अनुमान, अनुदान र ऋणमा आधारित भएको बताए ।