• २०८३ बैशाख २७ गते आइतवार

नेपालमा लगानी गर्ने प्रक्रिया झन्झटिलो छ : अध्यक्ष यादव

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २३, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा प्रयाप्त सम्भावना भएका क्षेत्रहरुमा लगानी गर्न नसकिएको बताएका छन् । मंगलबार पार्टी निकट बौद्धिक पेशकर्मी महासंघ नेपाल पुनर्गठन तयारी समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै यादवले, नेपालको जलविद्युत, कृषि लगायतका क्षेत्र सरकारको प्राथमिकतामा पर्न नसकेको बताए ।

उनले भने ‘ नेपालले प्रयाप्त विद्युत मात्रै उत्पादन गर्न सक्ने हो भने नेपाल ऋण लिने होइन् ऋण दिने मुलुक बन्छ तर हामी कता कता अलमलिएका छौं ।’ विकासका लागि विदेशी लगानी भित्र्याउने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ। आफू उपप्रधानमन्त्री हुँदा विभिन्न देशका लगानीकर्तासँग कुरा गरेको तर नेपालमा लगानी गर्ने प्रक्रियाका लागि झन्झट हुने गरेको गुनासो पाएको उनको भनाई छ ।

विदेशीहरू नेपालमा लगानी गर्न इच्छुक भए पनि कानुनी व्यवधानहरूले समस्यामा परेको बताएका उनले भने, ‘लगानीलाई कसरी देशमा ल्याउने हो ? त्यो प्राथमिकतामा राख्नुपर्छ । म उपप्रधानमन्त्री हुँदा धेरै लगानीकर्तासँग कुरा भएको थियो । भारत, अमेरिका लगायत अन्य देशमा पनि । उनीहरू लगानी गर्न चाहन्छ, तर यहाँको प्रशासनिक झन्झट जुन छ, एउटा फाइल यहाँबाट त्यहाँ दिनुपर्ने, त्यहाँबाट सार्दा त्यहाँ ।’
नेपालले लगानीका लागि विश्वासको वातावरण बनाउन नसकेको उनको भनाई छ ।

Sharing

प्रतिक्रिया दिनुहोस