• २०८३ मङ्सिर ४ गते बिहिवार

विश्व वातावरण दिवसका अवसरमा संखुवासभामा जाकराण्डा र गुलमोहर रोपण

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ २३, संखुवासभा । संखुवासभाको तुम्लिङटार क्षेत्रभित्र समृद्द बहुउदेश्यीय सहकारी संस्थाको अगुवाईमा जाकरण्डा तथा तुम्लिङटार सहरी बिकास समीतीको सवन्वयमा गुल मोहर बृक्षरोपण कार्यक्रम उद्घाटन भएको छ । कार्यक्रममा बृहत र्‍याली सहीत एकसाथ ५०० बिरुवा रोपिएको छ ।

आन्तरिक पर्यटनलाई टेवा पुर्याउदै बदलिँदो वातावरणीय प्रभाव रोक्न समृद्द सहकारीले सङ्खुवासभाको खादबारी र जिल्लाका विभिन्न स्थानमा दश हजार जाकराण्डा रोप्न लागेको हो । उक्त अवसरमा सहकारी अध्यक्ष बिजय तामाङ्ग काल्धनले पित्रीको नाममा १० बिरुवा रोपेर पित्रीशान्ती तथा बदलिँदो वातावरणीय प्रभाव न्यून गर्न आफू र भावी सन्तानको लागी पुण्यको कामको सुरुवात भएको बताउनुभएको छ ।

No description available.

त्यस्तै तुम्लिङटार सहरी बिकास समितिले संखुवासभाको तुम्लिङटारलाई गुलमोहरको राजधानी बनाई पर्यटनलाई बढावा दिन वृक्षारोपण गरेको जनाएको छ । कार्यक्रममा समिति संयोजक देवेन्द्र घिमिरेले आफुले विदेश यात्राको क्रममा देखेको गुलमोहर सौर्न्दयलाई आफ्नो ठाउँमा कार्यान्वयन गर्न पाउदा अन्त्यन्तै खुशी लागेको बताउनुभयो ।

No description available.

कार्यक्रममा मनकामना रत्न अम्बिका स्कुलका विद्यार्थीहरुको उपस्थिति थियो । रत्न अम्बिका मावी रेडक्रस तथा एनसिसिको सहभागिताले नव किशोर किशोरीमा समेत वातावरणीय प्रभाव बारे सचेतना रहेको देखिन्छ छ । बेलुका ४ बजे सुरु भएको कार्यक्रममा जिल्लाका प्रतिष्ठीत व्यक्ति व्यक्तित्व, विभिन्न क्लब र सरकारी संघ सस्थाहरुले सहभागीता जनाएका थिए ।

कार्यक्रम बारे प्रतिक्रिया लिदा स्थानीय युवा समाजसेवी ध्रुब खड्का (डीवान) ले भने “यस महान अभियानलाई समर्थन र धेरै धेरै धन्यवाद दिदैं रोपण मात्रै होईन यसलाई जोगाउनु फलाउनु फुलाउनु पनि थप चुनौती रहेको तथा यस अभियानको पारदर्शिता तर्फ पनि आयोजकहरु जवाफदेवी बन्नुपर्ने बताउछन् । उनी थप्छन् यो नौलो प्रयोग जरुर हो तर चुनौती पनि प्रशस्त छन् जसलाई चिर्न सबै सरोकारवाला लाग्नुपर्ने आवश्यक छ ।”

Sharing

प्रतिक्रिया दिनुहोस