• २०८३ बैशाख ३ गते बिहिवार

पं.नवराज शारदा स्मृति समाजको दोस्रो वार्षिकोत्सव समारोह सम्पत्र

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ १९, काठमाडौ । पं.नवराज शारदा स्मृति समाजको दोस्रो वार्षिकोत्सवसमारोह तथापं. नवराज पौडेलको १०३ औं जन्म जयन्ती को उपलक्ष्यमा, पं.नवराज शारदा स्मृति समाजले बिभिन्न धार्मिक, सांस्कृतिक कार्यक्रम गरि मनाएको छ । समाजका लागि यथासक्य योगदान गर्ने लक्ष्य साथ समय सापेक्ष हाम्रा विविध संस्कारहरु तथा कर्मकाण्डलाई परिमार्जन गर्दै लानुका साथै आर्थिक अभावमा शिक्षाबाट विमुख भएका समाजका विपन्न तथा जेहेन्दार छात्रछात्राहरुलाई विद्यालय तथा उच्च शिक्षा हासिल गर्न मद्दत पुर्याउन छात्रवृत्ति कोषको स्थापना गरी छात्रवृत्ति प्रदान गर्ने र यसका माध्यमबाट शिक्षा क्षेत्रमा योगदान पुर्याउने उधेश्यका साथ यो संस्था स्थापना भएको हो ।

पं. नवराज शारदा स्मृति समाजका अध्यक्ष निर्मलराज पौडेलले संस्था गठनको पृष्ठभूमिका सम्बन्धमा प्रकाश पार्दै बुबा पं. नवराज पौडेल तथा आमा शारदा देवी पौडेलले दिनुभएको संस्कार शिक्षा र अभिप्रेरणाकै कारण समाजका लागि केही योगदान पुर्याउन सक्ने अभिलाषाले उक्त संस्था स्थापना गरेको बताउनुभयो । साथै पं नवराज पौडेलले सनातन धर्म संस्कृति तथा सामाजिक हितमा आफ्नो सारा जीवन समर्पित गर्नुभएको उल्लेख गर्नुभयो ।

Open photo

कार्यक्रममा संस्थाका सदस्य पदाधिकारी, आफन्तजन, इष्टमित्र, टोल छिमेकका प्रतिष्ठित ब्यक्तिहरुको उपस्थिति रहेको थियो । यस वर्ष उक्त संस्थाले बिपन्न वर्गहरुलाई लक्षित गरि एकल विद्यालय फाउण्डेसन नेपाललाई एक वर्षको लागी एक विद्यालय संचालन गर्न सहयोग प्रदान गरेको छ । यस अवसरमा हाम्रा धार्मिक संस्कार र संस्कृति सम्बन्धि सामुहिक छलफल तथा अन्र्तरक्रिया समेत गरिएको थियो ।

 

Sharing

प्रतिक्रिया दिनुहोस