• २०८३ असार १३ गते शनिवार

प्रहरीको सुरक्षा घेरामा कोशी प्रदेशसभा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

विराटनगर, २०८० जेठ १४ गते । २ बजे शुरु हुने कोशी प्रदेशसभाको बैठकका लागि सुरक्षा अवस्था कडा पारिएको छ ।

प्रदेशसभा आसपास निषेधित क्षेत्र घोषणा गरेर प्रहरीले प्रदेश सभालाई सुरक्षा घेरामा राखेको छ । २ बजे बैठक शुरु हुने भएपनि बिहानैबाट प्रदेस सभा सदस्य आउन थालेका छन ।

प्रदेशको नामकरणका बिषयमा असहमती जनाउदै आन्दोलन गरिरहेका पहिचान वादीको अबरोध छल्दै सम्सदहरु प्रदेश सभामा प्रबेश गरिरहेका छन । प्रदेससभामा आउन अबरोध गर्न आन्दोलन गरिरहेका ३० भन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ परिसकेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस