• २०८३ बैशाख २१ गते सोमवार

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ९, कास्की । कास्कीको पोखरा महानगरपालिका ६ खहरेचोकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

हलञ्चोकबाट गैह्राको चौतारातर्फ जाँदै गरेको ग २४ प ३१० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर साेमबार मध्यराति सवा १ बजे पल्टिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडी सवार काठमाडौँको कपनका १८ वर्षीय सफल खतिवडाको उपचारको क्रममा पोखरामै रहेको मेट्रोसिटी अस्पतालमा मृत्यु भएको हो ।

मोटरसाइकला चालक तनहुँको म्याग्दे गाउँपालिका ४ थर्पुका १७ वर्षीय संगम बानियाँको उपचार भने सोही अस्पतालमा भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस