वैशाख २२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बसुन्धरास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

पुस १० गते रास्वपाले पुष्पकमल दाहाल नेतृत्वको गठनबन्धनमा सहभागी भएकोमा आजको बैठकले प्रतिपक्षको भूमिकामा रहने निर्णय गरेको छ ।
विज्ञप्ति :
राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गरी सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।
डा. मुकुल ढकाल
महामन्त्री तथा प्रवक्ता
