• २०८३ जेष्ठ १ गते शुक्रवार

घण्टी बज्यो भनेर आत्तिनु पर्दैन : नेता पन्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १५, काठमाडौं । नेकपा एमालेका संसद् रघुजी पन्तले घण्टी बज्यो भनेर नआत्तिन आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित मिसन ग्रासरुट जिल्ला स्तरीय समीक्षा तथा विस्तारित बैठकमा उनले सक्षम युवाहरूलाई एमालेले ल्याउन सक्यो भने घण्टीलाई खोसेर मिल्काइदिने सक्ने टिप्पणी गरे ।

उनले भने ‘घण्टी बज्यो घण्टी बज्यो भनेर हामी आत्तिनु पर्ने अवस्था छैन् । ऊर्जावान् र सक्षम चरित्र भएका युवाहरूलाई पार्टीमा ल्यायौं भने घण्टीलाई खोसेर मिल्काइदिन नि सक्छौँ । र एमालेको घण्टी बजाउन सक्छौँ ।’ युवालाई पार्टीमा ल्याउन नसकेमा एमाले कमजोर भएर जाने उनको भनाई छ । त्यसलाई नियन्त्रण गरेर अगाडि बढ्नेु पर्ने उनको भनाई छ ।
एमालेलाई दीर्घकालीन रुपमा टिकाउने काम गर्नु पर्ने र नयाँ पुस्तामा जान आवश्यक भएको उनको भनाई छ ।

Sharing

प्रतिक्रिया दिनुहोस