• २०८३ बैशाख १० गते बिहिवार

काठमाडौं महानगरले बालाजुको कोतः धुक पेट्रोल पम्पमा गर्यो सिल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १४, काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुको कोतः धुक पेट्रोल पम्पमा सिल गरेको छ । बुधबार मापदण्ड विपरित घरको सटरमा पेट्रोल पम्प सञ्चालन गरेको भन्दै महानगरले पेट्रोल पम्प सिल गरेको हो ।

अदालतको स्टे अर्डर हुँदा हुदै पनि महानगरले पेट्रोल पम्पमा सिल गरेको पम्पका सञ्चालकले उत्तम मानन्धरको भनाइ छ । उनले भने ‘ अदालतको स्टे अर्डर छ । त्यो हुँदा हुदै पनि महानगरले पेट्रोल पम्पमा सिल ग¥र्यो । ’ उक्त पेट्रोल पम्प घरको सडकपेटीमा सञ्चालन भइरहेको थियो । जसको कारण पेट्रोल भर्नेहरुको लाइनले सडक जाम हुने गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस