• २०८३ जेष्ठ १ गते शुक्रवार

बालेन साहले भने- कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार सार्नुहोस्

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३०, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह आज फेरि संघीय सरकारमाथि खनिएका छन् । सरकारले आफूलाई असहयोग गरेको बताउँदै आएका साहले सरकारमाथि पटक-पटक कडा टिप्पणी गर्दै आएका छन् । त्यसै क्रममा उनले आज ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस्’ भन्दै सरकारलाई चुनाैती दिएका छन् ।

‘कि काठमाडौंको हितमा काम गर्नुहोस, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस । हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन, चाहे सिंहदरबार सार्नुस कि राज्धानी सार्नुस ।’ उनले भनेका छन् ।

उनले काठमाडौंबासीलाई सम्पदा, संकृति, कला, सभ्यता चाहिने तर राजनीति नचाहिने पनि बताएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस