चैत २०, नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६४१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार २१९ पुगेको छ ।

हाल देशमा दैनिक सङ्क्रमण दर ६.१२ रहेको छ भने साप्ताहिक सङ्क्रमण दर २.४५ प्रतिशत रहेको छ । यही अवधिमा थप ११ जना सङ्क्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म कोभिड–१९ बाट ५ लाख ३० हजार ८९२ जनाको मृत्यु भइसकेको छ । देशमा हालसम्म कूल सङ्क्रमितको सङ्ख्या ४ करोड ४७ लाख २६ हजार २४६ पुगेको मन्त्रालयले जनाएको छ ।