• २०८३ बैशाख ८ गते मङ्गलवार

साइकलबाट लडेर एकजनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १५, सप्तरी ।  सप्तरीको छिन्नमस्ता गाउपालिका-५ लाेखरमका एकजना वृद्धकाे साइकलबाट लडेर मृत्यु भएको छ ।छिन्नमस्ता गाउपालिका-१ बरहि वीरपुरस्थित नहरचाेक नजिक साइकलयात्री ६९ वर्षीय पदमलाल दासकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए ।

साइकलबाट लडेर गम्भीर घाइते दासलाई उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिह अस्पताल लगे पनि उपचार हुन नसकेपछि थप उपचारको लागि विराटनगरस्थित नर्सिङ हाेम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता सिंहले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस