• २०८३ जेष्ठ २६ गते मङ्गलवार

ए डिभिजन लिगमा तीन खेल हुदैं

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २१, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन्। अखिल नेपाल पफुटबल महासंघ (एन्फा)का अनुसार दुई खेल दशरथ रंगाशालमा हुनेछ भने एक खेल च्यासल खेल मैदानमा हुनेछ ।

जसअनुसार दिउँसो साढे २ बजे दशरथ रंगशालामा त्रिभुवन आर्मी फुटबल क्लब र संकटा आमनेसामने हुनेछन् भने सोही स्थानमा मन्च्छिन्द्र फुटबल क्लबले आफ्नो पहिलो खेल जावलाखेल युथ क्लबसँग भिडने छ । यो खेल भने ५ः ३० मा सुरु हुनेछ ।

उता, अपरान्ह साढे २ बजे ललितपुरको च्यासल मैदानमा न्युरोड टिम एनआरटी र सातदोबाटो युथ क्लब एक आपसमा प्रतिस्पर्धा गर्नेछन ।

Sharing

प्रतिक्रिया दिनुहोस