• २०८३ जेष्ठ २ गते शनिवार

कांग्रेस महामन्त्री विश्व प्रकाशले भने , ‘पिजंडा अन्तत भत्कने भयो’

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १२, काठमाडौँ । सात राजनीतिक दल बिच राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएसँगै कांग्रेस महामन्त्री बिश्वप्रकाश शर्माले ‘पिंजडा भत्केको’ टिप्पणी गरेका छन । भावी राष्ट्रपतिको बिषयलाई लिएर राजनीतिक दलहरु बिच रस्साकस्सी चलिरहेको बेला साँझ ७ दलको बसेकाे बैठकले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिएसँगै शर्माको सो टिप्पणी आएको हो ।

प्रधानमन्त्री निवासमा बसेको नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, जनमत पार्टीले समर्थन जनाउने निर्णय लगत्तै शर्माको यो टिप्पणी बाहिर आएको हो ।

उनले सामाजिक सञ्जालमा लेखेका छन : `पिंजडा´ अन्ततः भत्किने भयो !
रास्ट्रपति पदमा नेपाली काँग्रेसको उम्मेदवारलाई विजयी गराउने बहुमत दलहरूको सर्वसम्मत निर्णय !

Sharing

प्रतिक्रिया दिनुहोस