• २०८३ बैशाख २९ गते मङ्गलवार

आजको मौसम: सुदुरपश्चिम र कर्णालीमा आंशिक बदली रहने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ४, काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो भने सुदूरपश्चिम प्रदेश साथै प्रदेश नं. १ र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखका अनुुसार राती भने सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत प्रदेश नं १ को पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

तराईका थोरै भू–भागमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले मौसम सूचना तथा पूर्वानुमान अद्यावधिक रहुन महाशाखाले अनुरोध गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस