• २०८३ बैशाख २९ गते मङ्गलवार

नेपालको पुँजीवादी सत्ता मुल समस्या : महासचिव चन्द

खबर24नेपाल पढ्न लाग्ने समय : २ मिनेट

माघ २५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्दले ‘दलाल पुँजीपति’ सत्ता अहिलेको सबैभन्दा ठूलो समस्या भएको बताएका छन्। बुधबार पार्टीका निर्णयहरु सार्वजनिक कार्यक्रममा उनले मुद्दा मिल्ने कम्युनिष्ट पार्टीसँग मिलेर अघि बढने र लोकतान्त्रिक पार्टीहरुसँग पनि खुला बहस गरेर अघि बढ्न बताए।

‘नेपालको पुँजीवादी सत्ता मुल समस्या भएकाले महासचिव चन्दले आर्थिक संकटले देशका सबै क्षेत्र संकटउन्मूख भइरहेको बताए। ‘देश एक वर्ष पछि अर्को वर्ष ठूला/ठूला राजनीतिक र आर्थिक संकट तर्फ गइरहेको छ। एक पार्टीले अर्को पार्टीलाई आरोप लगाइरहेका छन्। आरोप लगाएपनि खासमा समस्या आर्थिक संकट हो’, उनले भने। महासचिव चन्दले विदेशीहरुले इशारा गरेको भरमा सरकार बन्ने र ढल्ने भइरहेको बताए। ‘मुठ्ठीभर विदेशी पुँजीपतीहरुले राजनीतिक र आर्थिक क्षेत्रमा कब्जा जमाउन थालेका छन्’, उनले भने, ‘स्वदेशी व्यवसायी र उद्योगीहरु संकटमा छन्।’

महासचिव चन्दले नेताहरुलाई विदेशीको दलालको रुपमा प्रस्तुत गरिएको उल्लेख गरे। ‘जनताको चाहना परिवर्तनको छ। नेपाल समृद्ध बनाउने छ। तर संसदवादी दल र राजनीतिले जनतालाई घुमाइरहेका छन्’, उनले भने। महासचिव चन्दले युवाशक्ति पयालन भएको, स्वदेशी पुँजी र पैसा बाहिर गइरहेको तथा स्वदेशी लगानी गर्दा धरापमा परेका बताए।

उनले मुद्दा मिल्ने कम्युनिष्ट र लोकतान्त्रिक पार्टीसँग खुला बहस गरेर अघि बढने पनि बताए। ‘हामीले बहसलाई खुला राखेका छौं। मुद्दा मिल्ने कम्युनिष्टसँग मिलेर जाने र लोकतान्त्रिक पार्टीसँग खुला बहस गरेर अघि बढ्ने छौं’, महासचिव चन्दले भने।

Sharing

प्रतिक्रिया दिनुहोस