• २०८३ बैशाख १७ गते बिहिवार

फागुन १ गते सार्वजनिक बिदा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २५, काठमाडौं । सरकारले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

तत्कालीन नेकपा माओवादीले फागुन १ गतेदेखि नै दीर्घकालीन जनयुद्धमा जाने घोषणा गरेको थियो । सोही पार्टी २०६२/०६३ सालको जनआन्दोलनपछि शान्तिपूर्ण मूलधारको राजनीतिमा आएको थियो ।

त्यसै दिनलाई सम्झेर माओवादीले हरेक फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस