माघ १९, काठमाडौं । नेपाल प्रहरीले १६३ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा गरेको छ । बिहीबार प्रहरी प्रधान कार्यालयले १६३ जना डिएसपीको सरूवा गरेको हो।

प्रहरीले तीन वटा सरूवा सूची सार्वजनिक गरेको हो। जसमा ११६ जना, ३४ जना र १३ जनाको काज सरूवा गरेको हो । माघ महिना देखिको तलब, भत्ता समेत हाल सरूवा भएको दरबन्दीबाट खान पाउने गरी सरूवा गरिएको हो ।