पुष ४, काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले कतार विश्वकपमा गोल्डेन बल अवार्ड जितेका छन् । कतार विश्वकपमा उत्कृष्ट खेलाडी बन्दै मेस्सीले गोल्डेन बल अवार्ड जितेका हुन् ।
अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन मेस्सी नायक बनेका थिए । मेस्सीले कतार विश्वकपमा ७ खेलमा कुल ७ गोल गरेका थिए । अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई पेनाल्टीमा ४-२ ले हराएर तेस्रो पटक उपाधि जितेको हो ।
एमबाप्पेलाई गोल्डेन बुट
फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले कतार विश्वकपमा गोल्डेन बुट जितेका छन् । कतार विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै एमबाप्पेले गोल्डेन बुट अवार्ड जितेका हुन् ।
एमबाप्पेले कतार विश्वकपको ७ खेलमा ८ गोल गर्दै गोल्डेन बुट जितेका हुन् । उनले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई पछि पार्दै गोल्डेन बुट जितेका हुन् । मेस्सीले ७ खेलमा ७ गोल गरे । एमबाप्पेले अर्जेन्टिनाविरुद्धको फाइनलमा ह्याट्रिक गरेका थिए ।
