• २०८३ बैशाख १२ गते शनिवार

पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २४, काठमाडौं । मोरक्को कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको क्वाटरफाइनलमा पोर्चुगललाई १-० गोल अन्तरले हराउँदै मोरक्को अन्तिम चारमा पुगेको हो ।


अल थुमामा स्टेडियममा मोरक्कोलाई जित दिलाउन युसेफ एन नेसरीले निर्णायक गोल गरे । पोर्चुगलविरुद्ध १० खेलाडीमा समेटिएको मोरक्कोले पहिलो हाफमै गोल गरेको थियो । खेलको ४२ औं मिनेटमा नेसरीले एटिया अल्लाहको पासमा हेडर मार्फत गोल गरे ।

यस्तै खेलको इन्जुरी समयमा मोरक्को १० खेलाडीमा समेटिएको थियो । वालिड चेडिराले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।

अब मोरक्कोले सेमिफाइनलमा इंग्ल्यान्ड र फ्रान्सबीचको विजेतासँग खेल्नेछ । पोर्चुगल भने विश्वकपबाट बाहिरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस