• २०८३ बैशाख ८ गते मङ्गलवार

गंगा चौधरीको जमानत जफत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १३, दाङ। नेकपा एमालेबाट विद्रोह गरेर उम्मेदवार दिएकी गंगा चौधरी (सत्गौवा)को जमानत जफत भएको छ । दाङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा ‘हाम्रो नेपाली पार्टी’बाट उम्मेदवारी दिएकी चौधरीले १० प्रतिशत पनि मत ल्याउँन नसकेपछि धेरौटी जफत भएको हो ।


उनले १ हजार ९२ मत प्राप्त गरेकी छन् । निर्वाचनमा १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था अनुसार चौधरीको जमानत जफत भएको हो । उनले एमाले परित्याग गरी ‘हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएकी थिइन् ।

Sharing

प्रतिक्रिया दिनुहोस