• २०८३ बैशाख १९ गते शनिवार

एमाले सचिव महासेठ धनुषा– ४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १३, काठमाडौं । नेकपा (एमाले) का सचिव रघुवीर महासेठ धनुषा निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । सचिव महासेठले नेपाली काँग्रेसका सह–महामन्त्री महेन्द्र यादवसँगको मुख्य प्रतिस्पर्धामा यादवलाई १२४ मतले पछाडि पार्दै विजय प्राप्त गर्नुभएको हो ।

सचिव महासेठ ३२ हजार २३६ मत पाएर विजयी हुनु भयो भने सत्ता गठबन्धनका साझा उम्मेदवार काँग्रेसका सह–महामन्त्री यादवले ३२ हजार ११२ मत ल्याउनुभएको छ ।
२०७४ सालको निर्वाचनमा पनि महासेठ यादवसँगको प्रतिस्पर्धामा विजयी हुनुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस