मंसिर ६, काठमाडौं । नवलपरासी पश्चिमको क्षेत्र नं १ मा मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।

कांग्रेसका उम्मेदवार विनोद चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीभन्दा ३०७ मतले अघि छन् । चौधरीले ३३५८ र ठकुरीले ३ हजार ५१ मत पाएका छन् ।
नेकपा एमालेको समर्थन पाएका जनता प्रगतिशिल पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीले २ हजार ५६८ मत पाएका छन् ।