• २०८३ बैशाख २७ गते आइतवार

काठमाडौं–७ का चुनावी ‘आकर्षण’

पत्रपत्रिका पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक ३०, काठमाडौं । काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ७ मा वाम लोकतन्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)की मानुषी यमी भट्टराई र नेकपा एमालेबाट श्यामकुमार घिमिरे मुख्य प्रतिस्पर्धी देखिए पनि अन्य उम्मेदवार पनि उत्तिकै सशक्त देखिएका छन्।

स्वतन्त्र उम्मेदवारको रूपमा उठेका एमालेका पूर्व सांसद रामवीर मानन्धरका कारण एमालेका श्याम घिमिरे संकटमा छन् भने जनता समाजवादी पार्टीबाट उठेका राजेन्द्र श्रेष्ठका कारण मानुषीको अवस्था सहज नदेखिएको जानकार बताउँछन्।

‘एकैखाले भोट पाउने उम्मेदवारहरू फरक पार्टीबाट उठेका कारण यहाँको चुनावी माहोल खिचडी जस्तो देखिन्छ,’ काठमाडाैं नरदेवीका सुमन ताम्राकार भन्छन्, ‘विगतका चुनावभन्दा यसपटकका चुनाव बुझिनसक्नु देखिएको छ।’

जनता अन्योलमा देखिए पनि घर दैलोमा व्यस्त उम्मेदवार आफूहरू विजयी हुनेमा ढुक्क रहेको सुनाउँछन्। ‘जनताले हामीलाई माया गरेको पायाैं,’ मानुषी भन्छिन्, ‘हाम्रो जितको बाटामो बढेका छौ।’ उनको जस्तै धारणा राख्छन् एमालेका उम्मेदवार श्याम घिमिरे पनि। एमालेको संगठित भोट र सर्वसाधारणको मायाँे आफू जित्ने उनी सुनाउँछन्। ‘मुलुकलाई माया गर्नेले एमालेलाई माया गर्ने छ,’ उनी भन्छन्, ‘ यही मायाले हामीलाई विजयी बनाउने छ।’

त्यस्तै यो क्षेत्रबाट गठबन्धनबाट प्रदेशसभा (क) मा नेकपा (एकीकृत समाजवादी)का वसन्त मानन्धर र प्रदेशसभा (ख) मा कांग्रेसका सविन तामाङ उम्मेदवार रहेका छन्।

गठबन्धनमा रहेका दललाई प्रदेश सभा सदष्यका उम्मेदवारका कारण केही सहज देखिएको कतिपयको बुझाई छ। ‘युवामाझ लोकप्रिय सविन तामाङका कारणपनि मानुषीले पनि बढी भोट पाउने देखिन्छ, ‘नागार्जुन नगरपालिकाका दीपक सिंखडा भन्छन्, ‘सामाजिक काममा सधैं सक्रिय रहेका तामाङ कुनै विशेष पार्टीभन्दा पनि जनतामाझ प्रिय छन्।’ नेपाली कांग्रेसका युवा नेता सविन प्रदेश ७ ‘ख’ का उम्मेदवार हुन्।

झट्ट हेर्दा बामलोकतान्त्रीक गठबन्धन र एमालेबीच प्रतिस्पर्धा देखिए पनि जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठले पाउने मत पनि उत्तिकै चासोका साथ हेरिएको छ। लामो सयमसम्म वामपन्थी आन्दोलनमा सक्रिय रहेका श्रेष्ठ समाजवादी पार्टीमा लागे पनि ‘लोकल वामपन्थी’ भोट तान्ने कतिपयको बुझाई छ।

क्षेत्र नम्बर ७ मा प्रदेशसभा (क) अन्तर्गत काठमाडौं महानगरपालिकाका वडा नम्बरहरू १६, १७, १८, २५ र प्रदेशसभा (ख) अन्तर्गत नागार्जुन नगरपालिकाका १, २, ३ नम्बर वडाहरू र तारेकेश्वर नगरपालिकाको वडाहरू ३, ४ र ५ रहेका छन्।

यहाँ क्षेत्रबाट विभिन्न राजनीतिक दलका १६ र स्वतन्त्र १६ गती २९ उम्मेदवार प्रतिनिधिसभा सदस्यका लगि उम्मेदवार रहेका छन्। दलप्रतिको वितृष्णाले स्वतन्त्र उम्मेदवार पनि मजबुत देखिएका हुन्। यो समाचार आजको नागरिक दैनिकमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस