• २०८३ असार ४ गते बिहिवार

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २५, काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । बिहिबार प्रतितोला ९५ हजार ४ रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार तोलामा १ हजार ३ सय रुपैयाँले बढेर ९६ हजार ७ रुपैयाँमा कारोबार भैरहेको छ।

आज तेजाबी सुनको मूल्य ९६ हजार २ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी तोलामा १० रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस